बाढी, पहिरोमा परी मृत्यु हुनेको संख्या ७७ पुग्यो

91
  •  
  •  
  •  

जाकार्ता : इन्डोनेसियाको पपुआ प्रान्तमा पर्ने जयपुरा जिल्लामा आएको बाढी र पहिरोमा परी मृत्यु हुने व्यक्तिको संख्या ७७ पुगेको छ ।

पहिरोमा १ सय १६ जना घाइते भएका छन् । उद्धारको प्रयास जारी रहेको एक स्थानीय अधिकारीहले सिन्ह्वा समाचार समितिलाई बताएका छन् । खोजी र उद्धार कार्य जारी रहेका युदी यान्टो जिल्लामा रहेको उद्धार कार्यालयका प्रवक्ता जानकारी दिएका छन् ।


स्थानीय समयानुसार साँझ शनिबार छ बजे आएको यस बाढी परी अझै पनि कैयौ व्यक्ति बेपत्ता रहेका छन् । बाढीबाट प्रभावित भएकाहरुमध्ये हजारौं व्यक्तिलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

बाढीले दर्जनौं घर, पुल र सडकलगायतका भौतिक संरचनामा पनि क्षति पु¥याएको बताइएको छ । घटनाबाट प्रभावितलाई खोजी तथा उद्धार र राहत वितरण भइरहेको सरकारी अधिकारीले जनाएका छन् ।
सिन्ह्वा


  •  
  •  
  •