लमजुङ बेसीशहर र आसपासमा भारी वर्षा मापन, सतर्क रहन आग्रह

470
  •  
  •  
  •  

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले लमजुङको बेसीशहर र आसपासमा भारी वर्षा मापन भएको भन्दै सतर्क रहन आग्रह गरेको छ ।

महाशाखाले एक सूचना जारी गर्दै बेसीशहर नगरपालिका, सुन्दरबजार नगरपालिका र आसपास भई बहने स–साना खोलामा आकस्मिक बहाव हुन सक्ने बताएको छ ।

महाशाखाले बेसीशहर आसपास भई बहने साना नदीमा आज राती र भोलि बिहानको समयमा बहाव बढ्ने बताएको छ ।

यसैबीच महाशाखाले गोरखा, चितवन, धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, धनुषा, उदयपुर रआसपास केहि स्थानमा मध्यम–भारी वर्षा भएकाले सतर्क रहन आग्रह गरेको छ ।

 

 


  •  
  •  
  •