बाढीबाट विस्थापितलाई पुनर्वास र पुनर्निमाणको लागि सहयोगको आग्रह

571
  •  
  •  
  •  

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्ने प्रदेशमा बाढीबाट भएको क्षतिबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको भेटघाटमा राउतले बाढीबाट प्रदेश २ मा सार्वजनिक र निजी गरी अर्बौं रुपैयाँ बराबरको भौतिक क्षति भएको जानकारी गराए ।

यस्तै मुख्यमन्त्री राउतले ३७ जनाभन्दा बढीको मृत्यु भएको हजारौं परिवार घरबारविहीन भएका जानकारी गराएका छन् ।
गत असार २७ गते आएको भीषण बाढीबाट प्रदेश २ मा भएको क्षतिबारे सम्बन्धित पक्षलाई जानकारी गराउनुको साथै सहयोग जुटाउने उद्देश्यले काठमाडौं पुगेको मुख्यमन्त्री राउतसहितको सर्वदलीय टोलीले प्रधानमन्त्री ओलीलाई भेटेको हो ।

टोलीले बाढीबाट भएको क्षतिको परिपूर्ति प्रदेश सरकारको क्षमताभन्दा भन्दा बढी रहेको भन्दै विस्थापितहरूको पुनर्वास र पुनर्निमाणको लागि संघीय सरकारलाई सहयोग गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ ।

जवाफमा प्रधानमन्त्री ओलीले केही दिनभित्रै आफू पनि बाढी प्रभावित क्षेत्रको भ्रमण गर्ने र आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।


  •  
  •  
  •