साना नदी तथा खोलामा आकस्मिक बाढीको सम्भावना

373
  •  
  •  
  •  

काठमाडौं । शुक्रबारपनि केही स्थानमा भारी वर्षा हुने भएकोले बाढी, पहिरो तथा डुबानको जोखिमयुक्त क्षेत्रमा सावधानी अपाउन आग्रह गरिएको छ ।

राष्ट्रिय आपतकालिन उद्धार केन्द्रले आगामी तीन दिन मुख्य नदीमा पानीको बहाव सतर्कता तह भन्दा तलै रहने तर केही साना नदी तथा खोलामा आकस्मिक बाढीको सम्भावना रहेको जनाएको छ ।

केन्द्रले ईलाम, झापा, मोरङ, धनकुटा, दोलखा, रामेछाप, सिन्धुली, स्याङजा, कास्की, लमजुङ, गोरखा, कैलाली, कञ्चनपुर, दाङ, सुर्खेत, डडेलधुरा र आसपास केही साना खोलामा आकश्मिक बहावको सम्भावना रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन चेतावनी दिएको छ ।


  •  
  •  
  •