अमेरिकी राजदूत बोडे कार्यकाल पूरा नगरी फर्कने तयारीमा

284
  •  
  •  
  •  

काठमाडौं २२ माघ ।
नेपाली भाषा बुझेका अमेरिकी राजदूत पिटर डब्लु बोडी आफ्नो कार्यकाल पूरा नगरी र्फकने तयारीमा लागेका छन् । स्रोतका अनुसार उनी आगामी महिना नै र्फकनेछन् । उनले आफ्नो स्थानमा आउने राजदूतबारे जानकारी दिन परराष्ट मन्त्री महेन्द्रबहादुर पाण्डेसित भेटघाट माग गरिरहेका छन् । उनले नयाँ आउने राजदूतको बारेमा जानकारी दिन परराष्ट्रमन्त्री पाण्डेसंग भेट गर्न खोजेको जानकारी परराष्ट्र मन्त्रालय स्रोतले दिएको छ ।

स्रोतका अनुसार दक्षिण एसिया मामिला बुझेका ब्यक्ति नै राजदूतको रुपमा आउने भए पनि को आउने भन्ने जानकारी मन्त्रालयलाई दिइएको छैन । तर, नयाँ राजदूत आउने विषयमा जानकारी दिइएको भए पनि एगि्रमो वा अन्य प्रक्रिया अघि नबढेको परराष्ट अधिकारीले बताए ।

बोडी सन् २०१२ को सेप्टेम्वरदेखि राजदूत छन् । उनको तीन बर्षे कार्यकाल आगामी सेप्टेम्वरमा सकिंदै थियो । तर उनी अर्को महिना नै र्फकन लागेको स्रोतको दावी छ ।  दूतवासको सूचना अधिकारीदेखी अन्य कर्मचारीले समेत त्यस्तो जानकारी नभएको बताएका हुन् ।

‘उनको कार्यकाल सकिएको जस्तो लाग्दैन’ दूतावासका एक अधिकारीले भने । बोडी सन् १९८१ मा अमेरिकी परराष्ट्र सेवामा प्रवेश गरेको दोस्रो बर्ष नै नेपाल आएर काम गरेको अनुभव छ भने उनमा नेपाली भाषाको समेत ज्ञान छ । उनमा नेपालका अतिरिक्त भारत, पाकिस्तान, अफगानिस्तानलगायत यस क्षेत्रका मुलुकमा काम गरिसकेका कूटनीतिज्ञ हुन ।

अमेरिकी सरकारले उनको कार्यकाललाई सफल मानेकाले उनलाई प्राइज पोष्टिङ दिन सक्ने आधिकारीहरुको दावी रहेको छ । बोडी पछिल्लो समय राजनीतिक दलका शिर्ष नेता तथा उच्च पदस्थ अधिकारीहरुसंगको भेटघाटमा बढि नै सक्रिय छन् । उनको यो बिदाइ भेटघाट भएको बुझाइ परराष्ट्र अधिकारीको छ ।
कान्तिपुरबाट


  •  
  •  
  •