विप्लवको क्रान्ति केटाकेटी खेले जस्तो : महासचिव बादल

172
  •  
  •  
  •  

badal-ram-bahadur-thapaरूपन्देही,२७ पुस (ओएनएस)  :  नेकपा– माओवादीका सचिव राम बहादुर थापा वादलले विप्लव समूहले क्रान्तिलाई केटाकेटी खेलजस्तै ठानेको टिप्पणी गरेका छन् ।

केहि समयअघि नेत्रविक्रम चन्द विप्लवले बैद्यले क्रान्तिकारी धार छाडेको भन्दै पार्टी विभाजन गरेको प्रसङ्ग कोट्याउँदै विप्लवहरुले क्रान्तिलाई केटाकेटीको खैलौनाजस्तो ठानेको टिप्पणी गरेका हुन् ।

पार्टी विभाजनपछि कार्यकर्ता भेटघाटका लागि पहिलोपटक रुपन्देही आएका महासचिव बादलले आईतबार बुटवलमा पत्रकार सम्मेलनमा पदीय लोभ र वामअतिवादी सोचका कारण विप्लवले पार्टी फुटाएको बताउनुभयो ।

उनले क्रान्ति सरल रेखा नभई वक्र रेखा भएको बताउँदै अहिलेको परिस्थीती ससस्त्र द्धन्द्ध गर्ने बेला भइनसकेको बताउनुभयो । प्रचण्ड नेतृत्वको एमाओवादीबाट आफुहरु बैचारीक र राजनितिक ऐजेन्डामा विमति भएकै कारण अलग्एिको बताउँदै अहिलेको फुट राजनितिक र बैचारीक कारणले नभएको प्रस्ट पारे ।

विश्वमा क्रान्ति वर्षोपछि मात्रै सफल भएकाले अहिलेनै ससस्त्र द्धन्द्ध गरेर क्रान्ति गर्छु भनेर हिड्नुको कुनै तुक नभएको  भनाई छ ।

एक अर्को प्रसङ्गगमा महासचिव थापाले माघ ८ भित्र कुनै पनि हालतमा संविधान नआउने र आईहाले माघ ९ गते संविधान जलाउने फेरि चेतावनी दिए । उनलेसर्वदलीय राजनितिक छलफलबाट मात्रै निकास निस्कने बताउँदै संविधानका लागि जनताको भावना विपरितको संविधानको औचित्य नहुने बताए ।


  •  
  •  
  •