वैद्यको गोप्य प्लान बादलले यसरी सुने !

325
  •  
  •  
  •  

काठमाडौं ।
एमाओवादीसँगको एकताको विषयमा पार्टीभित्र मतभेद देखिएपछि आन्तरिक पार्टी एकताको पहल गर्न वैद्य, गजुरेल, बादल र गुरुङ पटक पटक छलफलमा बसेका थिए ।

त्यही क्रममा वैद्यको गोप्य छलफलको भित्री प्लाननै सुनेपछि बादल बैद्यसँग सशंकित बने । उनले २८ चैतमा ललितपुरको सानेपास्थित इन्टरनेशनल क्लबमा भएको आफूपक्षीय भेलामा वैद्यको प्लान बारे सुनाएका थिए ।

बादलले वैद्यको मोवाइलबाट आफूलाई फोन आएको तर कोही पनि नबोलेको बताए । अाफूले फोनबाट छलफल भइरहेको सुनेपछि वैद्को योजनाबारे जानकारी पाएको बताए । उनले करिब एक घण्टा आफूले उक्त फोन सुनेको उल्लेख गर्दै वैद्य, गौरव र दिनेश शर्माको मिटिङमा कुनै पनि हालतमा पार्टी एकता नगर्ने विषयमा छलफल भएको बताए ।

त्यस्तै उनले फोनमा केन्द्रीय समितिको बैठक कसरी समापन गर्ने भन्ने विषको उहाँहरुको छलफल समेत आफूले सुनेको बादले आफू पक्षीय नेताहरुलाई सुनाएका थिए ।

‘वैद्य गौरव र शर्माबीच एकताको लागि अध्यक्ष, बादल, गौरब देव गुरुङ र परी थापा समेटेर समिति बनाउने विषयमा छलफल भएको थियो । त्यहाँ उहाँहरुबीच पाँचजनामा तीनजना हुने र बहुमत पुग्ने भएपछि बादलहरु अल्पमतमा पर्ने छलफल भएको थियो । जसअनुसार भोलिपल्टको बैठकमा गौरबजी त्यसैगरी प्रस्तुत हुनुभएको थियो ।’ बादलले वैद्यको गोप्य प्लान सुनाउँदै भने ।
नयाँपत्रिकाबाट


  •  
  •  
  •