बादल समूहको बैठक आज बस्दै

142
  •  
  •  
  •  

badal-ram-bahadur-thapaकाठमाडौँ, १ जेठ(ओएनएस) : मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी विभाजनको नजिक पुगेको छ । भोलि बोलाइएको केन्द्रीय समिति बैठकमा रणनीति तय गर्न महासचिव रामबहादुर थापा र अध्यक्ष वैद्य समुहका नेताहरु आज फरक फरक छलफल गर्दैछन् ।

वैद्य नेतृत्वका नेताहरु पार्टी एकता गर्ने विपक्षमा उभिएपछि थापा सहितका केही नेता एमाओवादीमा फर्किने निश्चित भएको छ । त्योसँगै एक हप्ताका लागि टरेको फुट फेरि नजिक आएको छ । एमाओवादीसँग पार्टी एकताबारे बहुमतले निर्णय गर्ने भन्दै थापा समूहले गएको मंगलबारदेखि केन्द्रीय समितिको बैठक बोलाएको थियो ।

तर, अध्यक्ष बैद्यले नै भोलि बैठक बोलाएको र वार्ता भइरहेको भन्दै केन्द्रीय समिति बैठक स्थगित गरेर अनौपचारिक भेलामा परिणत भएको थियो । भोलिको केन्द्रीय समितिमा रणनीति तय गर्न थापा समुहले आज ललितपुरको कुपण्डोलमा बैठक बस्न लागेको हो ।


  •  
  •  
  •