नाक छैन्, मुखबाट स्वास फेर्छ यी बालक…(तस्विरसहित)

553
  •  
  •  
  •  

born-without-a-noseकाठमाडौ, २३ चैत(एजेन्सी) : के तपाई पत्याउनुहुन्छ एउटा यस्तो बालक जन्मिएका छन्, जसको नाक छैन् तरपनि बाँचिरहेको छ ।

born-without-a-nose1यस्तो घटना हो अमेरिकाको अलबामाको । यहाँ एक यस्तो बालक जन्मिएका छन्, जसको नाक छैन् तरपनि स्वास फेरिरहेको छ । फेरी तपाईको मनमा प्रश्न उठ्ला कसरी ? बालकले मुखबाट स्वास फेर्छ । चिकित्सकहरूका अनुसार यस्तो विचित्र घटना २० करोड मानिसमध्ये एकजनामा हुने गर्छ ।

born-without-a-nose3युएसए चिल्ड्रेन एण्ड वुमेन हस्पिटलमा ४ मार्चमा उक्त बालक जन्मिएको थियो । चिकित्सकले जब एली नामको बालककी आमा ब्राण्डी म्याकग्लैथरीलाई दिइँदा उनी अचम्मित भएकी थिइन् । उनले पनि अन्य मानिसले जस्तै आफ्नो सन्तानले नाकबिना कसरी स्वास फेरीरहेको छ भन्दै अचम्ममा परेकी थिइन् । तर, एलीले आफ्नो मुखबाट सहजै स्वास फेरीरहेको थियो । ब्राण्डीले ५ दिनको जाँचपछि चिकित्सकले एली ठिक रहेको जानकारी दिएको बताएकी थिइन् । एलीलाई नाक नभएपनि केही असर नपर्ने चिकित्सकले जनाएका थिए । केही समयपछि उनको शल्यक्रिया गर्न सकिने पनि चिकित्सकले जनाएका छन् ।

ब्राण्डीले आफूले आफ्नो सन्तानजस्तै अन्य थुप्रै जन्मेको सुनेको बताउँदै उनीहरूलाई भेट्न चाहेको बताइन् ।

born-without-a-nose2युएस नेशनल लाइब्रेरी अफ मेडिसिनले सन् २०१४ मा प्रकाशित एक लेखमा यस्तो अवस्थाका ४३ बालक जन्मिएका थिए । यस्तो घटना पहिलोपटक सन् १९३१ मा थाहा पाइएको थियो ।


  •  
  •  
  •