१४ महिनाकी बालिका यति मजाले अजिंगरसँग खेल्छिन्…(भिडियोसहित)

156
  •  
  •  
  •  

baby playing with python1काठमाडौ/पुस(एजेन्सी) : १४ महिनाकी एक बालिका १३ फिट लामो अजिंगरको साथमा खेलिरहेकी छिन्, यो कुरा सोच्दा पनि हामी सबैको जीऊ काप्छ । तर, अमेरिकाको मिशीगनमा अलायसा नाम गरेकी १४ महिनाकी बालिका अजिंगरसँग निर्धक्क खेलिरहेकी छिन् ।

उनले अजिंगरसँग खेलिरहेको भिडियो सामाजिक सञ्जाल तथा युट्युबमा भाइरल भएको छ अर्थात् निकै चर्चित भएको छ । उक्त भिडियोमा अलायसा आफ्ना बाबुआमाको निगरानीमा अजिंगरसँग खेलिरहेकी छिन् । यो भिडियोले निकै लाइक गरिएको छ ।

baby playing with pythonयो अजिंगर पाल्तू जनावर हो र यसको नाम नेने हो । मिशीगनको जेमी गारिनोले यसलाई पालेका छन् । अलायसा अहिले ३ वर्षकी भइन् र यो भिडियो भने करिब तीन वर्ष पुरानो छ तर, सामाजिक सञ्जालमा यो भाइरल भइसकेको छ । यो भिडियोमार्फत गारिनोले सबै दुनियाँलाई सर्प र अजिंगर त्यति धेरै खतरानाक छैन्, जति हामीले सम्झन्छौ भन्ने जानकारी दिन खोजेको बताएका छन् । उनले भनेका छन्, ‘म यो भिडियोमार्फत यति भन्न चाहन्छु की अजिंगर खतरानाक प्राणी होइन् । उनीहरू तपाईको प्यारो पाल्तु जनावर पनि हुन सक्छन् । नेने अहिले अलायसाको वरिपरी घुम्ने गर्छ ।’

करिब दुईदिन अघि अपलोड गरिएको २ वर्ष पुरानो यो भिडियो करिब ३ लाख मानिसले हेरिसकेका छन् भने करिब ५ वटा कमेन्ट पनि उक्त भिडियोमा रहेका छन् ।

हेरौ उक्त भिडियो…


  •  
  •  
  •