युगाण्डामा जन्मियो चार हात र खुट्टा भएको बच्चा…(फोटोफिचर)

98
  •  
  •  
  •  

काठमाडौ, २५ असोज (एजेन्सी): युगाण्डामा एक असामान्य बच्चा जन्मिएको छ, जसको ४ वटा हात र ४ वटा खुट्टा छन् । उक्त बच्चाको जन्म पूर्वी युगाण्डाको एक गाउँमा करिब तीन महिना अगाडि भएको थियो ।

उक्त बच्चाको नाम पल मुशिका राखिएको छ । असामान्य बच्चा जन्मिएपछि उनका बाबुआमाले उसलाई लिएर युगाण्डाका विभिन्न अस्पतालमा उपचारका लागि गएका थिए । बच्चाको अवस्था हेरेर धेरै अस्पतालका चिकित्सकले उपचारका लागि युगाण्डाको राजधानी कम्पालाको एक अस्पतालमा रिफर गरिदिएका थिए ।

बच्चाको उपचार कम्पालाको मुलागो अस्पतालमा गरिएको थियो । त्यहाँ सर्जन जोन सकेबिराको टोलीले पल मुशिकाको निकै गम्भिर शल्यक्रिया गरेका थिए । तीन घण्टासम्म गरिएको शल्यक्रियापछि पल पूर्ण रूपमा स्वस्थ छन् । चिकित्सकहरूले पनि बच्चा चाँडै निको हुने बताएका छन् ।


eight-limb-boy1
eight-limb-boy

eight-limb-boy2


  •  
  •  
  •