भट्टराईको नेतृत्वमा नयाँ शक्ति बनाउने गृहकार्य अन्तिम चरणमा

231
  •  
  •  
  •  

काठमाडौं १७ कात्तिक (ओएनएस) :

एमाओवादी छाडेका बाबुराम भट्टराई नेतृत्वमा नयाँ पार्टी घोषणा गर्ने काम अन्तिम चरणमा पुगेको छ । मंगलबार थप सदस्यहअरुले पार्टी छाडेको औपचारीक घोषणा गरेपछि नयाँ पार्टी गठनलाई अघि बढाइने छ । सुरुमा पार्टीको नाम नराखि नयाँ शक्तिका रुपमा बाहिर ल्याउनृे र पछि नामसहित निर्वाचन आयोगका दर्ता गर्ने तयारी छ ।

आज भट्टराई पक्षका एमाओवादी नेताहरूले पार्टीबाट अलग भएको घोषणा गर्दैछन् । पार्टी त्याग गरेको पत्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएर उनीहरुले पार्टी छाडेको घोषणा गर्नेछन् । हिजो भेला गरि एमाओवादीबाट आफूहरू अलग भएको घोषणा गरेका छन । भट्टराई निवास सानेपामा सोमबार दिनभरको बैठकपछि उनीहरूले त्यस्तो घोषणा गरेका हुन ।

नयाँ शक्ति अभियानका नामबाट संगठन विस्तार गरेर दुई महिनापछि मात्रै नयाँ पार्टी घोषणा गर्ने तयारी गर्न लागिएको नेता देवेन्द्र पौडेलले जानकारी दिए । ५० जनाभन्दा बढीले एमाओवादीबाट अलग भएको घोषणा गर्ने पौडेलले बताए ।

नेताहरू देवेन्द्र पौडेल, हिसिला यमी, नवराज सुवेदी, रामचन्द्र झा, वामदेव क्षेत्री, महेन्द्र पासवान, भक्तबहादुर शाह, गंगा श्रेष्ठ, कुमार पौडेल, रामरिझन यादव, प्रभु साह, लीलबहादुर थापा, रामकुमार शर्मा, नन्दन दत्त, बलावती शर्मा, देवी खड्का, लीला भण्डारी, कर्णध्वज केसी, कृष्ण शर्मा, खिमलाल देवकोटा, कल्पना धमला, देवेन्द्र पराजुलीलगायत अलग हुने तयारीमा ।


  •  
  •  
  •