काठमाडौं ११ असोज (ओएनएस) :मधेस आन्दोलनको नेतृत्व बाबुराम भट्टरार्इले गर्ने भएका छन् । केहीसमय स्वतन्त्र रुपमा विभिन्न कार्यक्रममा सहभागि हुने र वाताबरण बनेपछि मोर्चा बनाएर नेतृत्व लिनेगरि छलफल सुरु भएको छ । नेतृत्व लिने तयारीका सिलसिलामा भोलि १२ गते जनकपुरमा मधेसी मोर्चाको आमसभालाई सम्वोधन गर्न लागेका हुन् ।
जनकपुरपछि देशका विभिन्न चारठाउँमा थारु र मधेसीको सयुक्त सभासलाई सम्वोधन गर्नेछन् । उनले मधेसी आन्दोलनको नेतृत्व लिने विषयमा मधेसी मोर्चाका नेताहरुलाई भने भनिएको छैन । अहिले मधेस आन्दोलनको नेता नभएकाले सबै वाताबरण बनेपनि बाबुराम मोर्चा सहितको नेतृत्व लिएर अघि आउने उनी निकटका एक नेताले दावी गरे ।
स्रोतका अनुसार लामो तयारी र छलफलपछि मात्रै उनले पार्टी छाडेका छन् । पार्टी छाडेको दिन उनले पार्टी निकटस्थ नेताहरुसँग गोप्य छलफल समेत गरेका थिए । ‘ अहिले मधेसमा आन्दोलन भइरहेको छ तर नेतृत्व आ आफ्नै छ ’ ती नेताले भने, केही समयमा नै एउटा मोर्चा बन्ने छ त्यसको नेतृत्व बाबुरामले गरेपछि समग्र मधेस आन्दोलनको नेतृत्व नै उहाँले गर्नुहुनेछ ।’
भट्टरार्इले राजीनमा दिएको दुईदिन अघि नै जनपुर जाने कार्यक्रम तय भएपनि राजीनमा दिएर आउन मधेसी मोर्चाले आग्रह गरेपछि दुई दिनमा उनले राजीनमा दिएका थिए । त्यो संयोग मात्र नभएर योजनावद्ध भएको स्रोतको दावी छ । भारतीय पक्षको सहयोगमा मधेस केन्द्रितदलसँग सहकार्यमा गरेर अघि बढ्ने उनको रणनीति छ । उनले मधेस केन्द्रितदलसँग आन्तरिक भेटवार्तालाई तिव्र पारि सकेका छन् । उनले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई आइताबर टेलिफोन गरि आफु पनि आन्दोलनमा आउने बताइ सकेका छन् ।