भट्टराईका समर्थक एमाओवादीबाट अलग

207
  •  
  •  
  •  

काठमाडौं १७ कात्तिक ।

बाबुराम भट्टराईलाई समर्थन गर्ने नेताहरूले एमाओवादीबाट आफूहरू अलग भएको घोषणा गरेका छन। भट्टराई निवास सानेपामा सोमबार दिनभरको बैठकपछि उनीहरूले त्यस्तो घोषणा गरेका हुन्।उनीहरूले मंगलबार एमाओवादी केन्द्रीय कार्यालयमा आफूहरू सो पार्टीबाट अलग भएको घोषणासहितको सामूहिक पत्र बुझाउने निधो गरेका छन्।

नयाँ शक्ति अभियानका नामबाट संगठन विस्तार गरेर दुई महिनापछि मात्रै नयाँ पार्टी घोषणा गर्ने तयारी गर्न लागिएको नेता कुमार पौडेलले बताए। ५० जनाभन्दा बढीले एमाओवादीबाट अलग भएको घोषणा गर्ने जानकारी पनि पौडेलले दिए।
भट्टराईलाई समर्थन गर्ने एमाओवादीका केन्द्रीय सदस्य, पूर्व केन्द्रीय सदस्य र सल्लाहकारहरू सहभागी रहेको बैठकले पुरानो पार्टीबाट सम्बन्धविच्छेद गरी नयाँ शक्ति अभियान मुलुकभर सञ्चालन गर्ने निर्णय गरेको नेता पौडेलले बताए। उनका अनुसार दुई महिनाभित्रै नयाँ पार्टी गठन हुनेछ।
नेताहरू देवेन्द्र पौडेल, हिसिला यमी, नवराज सुवेदी, रामचन्द्र झा, वामदेव क्षेत्री, महेन्द्र पासवान, भक्तबहादुर शाह, गंगा श्रेष्ठ, कुमार पौडेल, रामरिझन यादव, प्रभु साह, लीलबहादुर थापा, रामकुमार शर्मा, नन्दन दत्त, बलावती शर्मा, देवी खड्का, लीला भण्डारी, कर्णध्वज केसी, कृष्ण शर्मा, खिमलाल देवकोटा, कल्पना धमला, देवेन्द्र पराजुलीलगायत अलग हुने तयारीमा।
‘एकडेढ महिना हामी गाउँ, टोल, स्कुल, कलेज र कारखानासम्म नयाँ शक्ति अभियान पुर्‍याउँछौं’, पौडेलले भने, ‘मार्क्सवादलाई समृद्ध पार्ने गरी अगाडि बढ्छौं।’ पौडेलका अनुसार पुष्पकमल दाहाल नेतृत्वको एमाओवादीले माक्र्सवाद, लेनिनवाद र माओवाद परित्याग गरी मण्डलेहरूसँग घाँटी जोडेर पहिचान, संघीयता र उत्पीडितका मुद्दा छोडेका कारण सो पार्टीबाट अलग भई नयाँ शक्ति अभियान सञ्चालन गर्ने निष्कर्षमा पुगिएको हो। पौडेलले भने, ‘फरक मतसहित हामीले पुरानो पार्टीसँग सम्बन्धविच्छेद गरेका छौं। अब हामी पुरानो पार्टीको अनुशासन मान्न बाध्य छैनौं।’
भट्टराईको समर्थनमा रहँदै आएका नेताहरू देवेन्द्र पौडेल, हिसिला यमी, नवराज सुवेदी, रामचन्द्र झा, वामदेव क्षेत्री, महेन्द्र पासवान, भक्तबहादुर शाह,गंगा श्रेष्ठ, कुमार पौडेल, रामरिझन यादव, प्रभु साह, लीलबहादुर थापा, रामकुमार शर्मा, नन्दन दत्त, बलावती शर्मा, देवी खड्का, लीला भण्डारी, कर्णध्वज केसी, कृष्ण शर्मा, खिमलाल देवकोटा, कल्पना धमला, देवेन्द्र पराजुली, घनश्याम यादव, उपेन्द्र साह, चिनक कुर्मी, सुशीला श्रीपाइली, सोनामसिंह स्याङ्तान, राजेन्द्र किराँतीलगायतले मंगलबार एमाओवादी केन्द्रीय कार्यालयमा संयुक्त रूपमा पार्टीको अनुशासनमा नबस्ने घोषणासहितको पत्र बुझाउँदैछन्।
एमाओवादीका आठ नेता सहभागी रहेको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार वामपन्थी नभएर सामाजिक फासीवादी रहेको टिप्पणी गर्दै नेता पौडेलले अन्नपूर्णसँग भने, ‘हामी नयाँ शक्ति अभियानमा सहभागी हुन्छौं, पार्टी नै परित्याग गर्दैनौं।’
उनले सोमबार अध्यक्ष दाहालसँग छलफल गरेका थिए। दाहालले उनलाई भट्टराईको तरिकाले कहीं नपुगिने विश्लेषण सुनाउँदै पुनर्विचार गर्न आग्रह गरेका थिए। मोहन वैद्य, नेत्रविक्रम चन्द र एमालेका नेताहरूसँग पनि नयाँ शक्ति अभियानका बारेमा छलफल सञ्चालन गर्ने देवेन्द्र पौडेलले बताए।
भट्टराईलाई साथ दिँदै आएका सुदूरपश्चिमका नेता खगराज भट्टले भने, ‘हामी बाबुरामको पछाडि लाग्दैनौं। प्रचण्डसँग एकपटक वार्ता गर्छौं । व्यवहारमा राम्रो रेस्पोन्स गरे भने ठीकै छ, अन्यथा विकल्प सोच्छौं।’ अन्नपूर्णपोष्टबाट

  •  
  •  
  •