दाहाल निवासमा भट्टराई समूह

331
  •  
  •  
  •  

काठमाडौं, २२ असार (ओएनएस) । नेतृत्व चयनमा असन्तुष्टि जनाउदै पार्टीका बैठकहरुमा सहभागी नभएको एमाओवादी वरिष्ठ नेता डा बाबुराम भट्टराई समूह आइतबार स्थायी समितिका पदाधिकारीको बैठकमा सहभागि भएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवासमा बसेको बैठकमा डा भट्टराईसहित टोपबहादुर रायमाझी र देवेन्द्र पौडेल सहभागी भएका हुन् । स्थायी समितिका सबै सदस्य उपस्थित भए पनि भट्टराई समूहले यो बैठकलाई ‘अनौपचारिक बैठक’ भनेको छ । ‘त्यो स्थायी समिति बैठक नभएर अनौपचारिक छलफल थियो’, भट्टराई पक्षीय नेता पौडेलले भने, ‘त्यहाँ हामीले आफ्ना कुरा राख्यौं, राम्रै भलाकुसारी भयो ।’

स्रोतका अनुसार अध्यक्ष दाहालले पार्टी कमजोर भएको अबस्थामा धेरै विवाद नगर्न आग्रह गरेका थिए । नेता भट्टराईले भने बदलिएको परिस्थितिमा नयाँ ढंगले अघि नबढे पार्टीको अस्थित्व संकटमा पर्ने भन्दै नयाँ शक्ति निर्माणमा जोड दिएका थिए ।

अध्यक्ष दाहालले पार्टीका बैठकमा उपस्थित हुन आग्रह गरे पनि भट्टराईले कुनै जवाफ दिएनन् ।  गत वैशाखमा विराटनगरमा सम्पन्न संगठनात्मक महाधिवेशनमा नेतृत्व छनौटको कार्यशैली प्रति असन्तुष्टि जनाउदै भट्टराइ समूहले पार्टीका बैठक बहिस्कार गर्दै आएको छ । यसअघि पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा शनिवार भएको प्रशिक्षण कार्यक्रममा पनि नेता भट्टराई सहभागि भएका थिए ।


  •  
  •  
  •