कांग्रेस-एमाले नेतृत्वले जनआन्दोलन र संविधानसभाको म्याण्डेड बुझेनन् : भट्टराई

195
  •  
  •  
  •  

baburamकाठमाडौ, ९ पुस(ओएनएस) : एमाओवादीका वरिष्ठ नेता तथा संवैधानिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले कांग्रेस-एमालेको नयाँ नेतृत्चले आन्दोलन र संविधानसभाको महत्व नबुझेका कारण समस्या उत्पन्न भएको बताएका छन् ।

कांग्रेस-एमालेको अहिलेको नेतृत्व १२ बुँदे देखि शान्ति सम्झौतासम्मको प्रक्रियामा प्रत्यक्ष रुपमा सहभागी नभएका कारण आन्दोलन र संविधानसभाको संवेदनशिलता बुझ्न नसकेको दावी गरे । नेपाल पत्रकार महासंघले आयोजना गरेको कार्यक्रममा उनले आन्दोलनको एजेण्डा र संविधानसभाबाट आएको जनादेशबीच अन्तरविरोध रहेको बताए ।

उनले संविधान नबन्दा सबैभन्दा बढी घाटा आफ्नो पार्टी एमाओवादी तथा प्रचण्ड र आफूलाई हुने बताए । उनले कुनै पनि हालतमा संविधान ल्याउन आफ्नो पार्टी अडिग रहेको दावि गरे । उनले वैद्य माओवादी फुटेर गएपछि संविधान निर्माण गर्नुपर्छ भन्नेहरू मात्र आफ्नो पार्टीमा रहेको बताउँदै उनले अहिलेको एमाओवादीको स्वरूप र संगठन संविधान निर्माणका लागि उपयुक्त रहेको दावी गरे ।


  •  
  •  
  •