दुई दिनको छलफलपछि सहमति : भट्टराई

148
  •  
  •  
  •  

काठमाडौं ११ कात्तिक (ओएनएस) :  संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले अबको दुई दिन अनौपचारिक छलफलबाट संविधान निर्माणमा सहमतिको प्रयत्न गर्ने बताएका छन् ।

मंगलवारको संवाद समितिको बैठकपछि सभापति भट्टराईले दुई दिन अनौपचारिक ढंगले सहमति निर्माणको प्रयत्न गर्ने बताए । ‘ १४ र १५  गते औपचारिक बैठक बसेर १५ गतेसम्म सहमतिमा पुग्ने पूरै कोशिस गर्छौं ’उनले भने ।

बैठकमा सभापति भट्टराईले अन्तिम सहमतिको प्रयत्न गर्नको निम्ति विधि र प्रक्रियामा के–के सुधार गर्नुपर्छ भनेर सबै सदस्यहरुबाट सुझाव मागेका थिए ।
बैठकमा समितिबाहिरका संविधानसभा सदस्यहरु प्रदीप गिरी, श्याम श्रेष्ठ, गगन थापालगायतलाई पनि सभापति भट्टराईले वोलाएका थिए ।

सभापति भट्टराईका अनुसार प्रमुख दलका शीर्ष नेताहरु बाहेक अन्य दलका नेताहरुले पनि आ–आफ्नो ठाउ“बाट सहमति निर्माणका लागि प्रयत्न गर्ने र आफ्नो पार्टी तथा संवाद समितिलाई सुझावहरु दिन सक्ने छन् ।

यसैविच संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले अनौपचारिक छलफल सुरु गरेका छन्  । मंगलवार संवाद समितिको बैठकलगत्तै सभापति भट्टराईले नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला, प्रदीप गिरी, पूर्ण बहादुर खड्कास“ग अलग अलग छलफल गरे ।

त्यसैगरी नेकपा एमालेका सुरेन्द्र पाण्डे, एकीकृत नेकपा माओवादीका शक्तिबहादुर बस्नेत, मधेशी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव, खम्वुवान मोर्चाका रामकुमार राईस“ग पनि सभापति भट्टराईले छुट्टा–छुट्टै भेट गरेका छन् ।


  •  
  •  
  •