संविधान जारी हुन्छ तर, सबैलाई चित्त बुझ्दैनः भट्टराई

101
  •  
  •  
  •  

काठमाडौ, ५ भदौ(ओएनएस) : संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले संविधान जारी हुने सुनिश्चित भएको बताएका छन् । तर, अँध्यारो कोठाहरुमा संविधानसभाबाट संविधान जारी हुन नदिन अन्तिम अवस्थासम्म कसरत भइरहेने पनि उनको भनाई छ ।

एमाओवादीका वरिष्ठ नेता डा. भट्टराईले आफ्नो फेसबुक पेजमा अहिले बन्ने संविधान पहिला भनेजस्तो संसारको सर्वोत्कृष्ट संविधान भने नहुने उल्लेख गरेका छन् । उनले यो संविधानले सबैको चित्त बुझाउन नसक्ने र सबैलाई चित्त बुझ्ने गरी संविधान निर्माण गर्न सकिने अवस्था र विकल्प पनि नभएको बताएका छन् ।

तर, संविधानमा अझै पनि परिमार्झन गर्ने ठाऊँ रहेको बताउँदै उनले थारू, मधेसी र मगर समुदायका क्लष्टर मिलाउने गरी प्रदेशको सीमालाई अझ परिमार्जन गर्न सकिने र महिला, दलित लगायतका हक अधिकारका विषय अझै थप्न सकिने उनको भनाई छ ।

[box type=”shadow” ]

संविधानको परिमार्जित विधेयक ( विभिन्न दल/ सदस्यका भिन्न मत सहित ) संविधानसभामा प्रस्तुत भएपछि नेपालले इतिहासमा पहिलोपटक …

Posted by Dr. Baburam Bhattarai on Saturday, August 22, 2015

[/box]


  •  
  •  
  •