एमाओवादीका नेता बाबुराम भट्टराईद्वारा पार्टी छाडेको घोषणा

203
  •  
  •  
  •  

काठमाडौँ, ९ असोज(ओएनएस) : एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले पार्टी छाडेको घोषणा गरेका छन् ।

शनिबार आफ्नै निवास सानेपामा पत्रकार सम्मेलन गरेर भट्टराईले पार्टी छाडेको घोषणा गरेका हुन् । उनले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको जानकारी  एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गराएका छन् । भट्टराईले नयाँ पार्टी खोल्ने नखोल्ने भन्ने निर्णयमा आफू पुगिनसकेको बताएका छन् ।

पूर्व प्रधानमन्त्री डा. भट्टराईले संसद सदस्यबाट समेत राजीनामा दिएको घोषणा गरेका छन् । उनले सभाध्यक्ष सुवास चन्द्र नेम्वाङसमक्ष  राजीनामा पत्र पनि बुझाईसकेका छन् ।


  •  
  •  
  •