पेल्न खोजे आन्दोलनबाटै समानान्तर संविधान : भट्टराई

190
  •  
  •  
  •  

baburamदाङ, ४ फागुन(ओएनएस) : एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले सत्तासिन दलहरूले बहुमतकै आडमा संविधान जारी गरे देशमा फेरि मुठभेड आउन सक्ने बताएका छन् ।

नेता भट्टराईले कांग्रेस-एमालेले वार्ताको परिस्थिती निर्माण गरी प्रक्रियाको खोरेजी र विगतका सम्झौता अनुसार नै अगाडी बढ्ने प्रतिबद्धता जनाए आफूहरू पनि सहमति गर्न तयार रहेको बताएका छन् । क्रान्तिकारी पत्रकार संघ दाङले आज घोराहीमा आयोजना गरेको अग्रगामी संविधान निर्माणका चुनौतीहरू बिषयक अन्तरक्रियामा बोल्दै नेता भट्टराईले बहुमतको आडमा पेल्न खोजे आन्दोलनबाटै समानान्तर संबिधान जारी गर्ने चेतावनी दिएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता भट्टराईले तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला र प्रचण्डबीच भएको शान्तिप्रक्रियाको विपरित धारमा अहिले कांग्रेस-एमाले जान खोजेको बताएका छन् । १२ बुँदे देखिका शान्ति सम्झौतामा प्रत्यक्ष सहभागी नभएका कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीले त्यस्को भावना विपरित रहेको आरोप लगाएका छन् ।

नेता भट्टराईले संविधानसभामा मिल्न बाकी मूलभुत मुद्धामा मात्रै भएपनि आन्दोलनरत शक्तिहरूसँग सहमती गरेर अगाडी बढ्न सकिने बताएका छन् । उनले सबै वर्ग, क्षेत्र, लिंग, जातीको अधिकार रक्षा हुने प्रगतीशील संविधान जारी नभएसम्म त्यस्को अर्थ नहुने बताउँदै कांग्रेस एमालेले घुमाएर ४७ सालकै संविधान जारी गर्ने पक्षमा रहेको भन्दै आन्दोलनमा आउन बाध्य भएको बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि नेता भट्टराईले माओवादीले संविधानसभा छोड्न लागेको भन्ने केबल दुष्प्रचार रहेको भन्दै जनयुद्ध र जन-आन्दोलनको उपलब्धी स्वरूप जन्मिएको संविधानसभाको जननी माओवादी नै रहेको दावी गरे ।


  •  
  •  
  •