भट्टराई भन्छन्, ‘६०० अर्बको व्यापारघाटा कम गर्न स्वदेशी उत्पादन प्रयोग गरौं’

229
  •  
  •  
  •  

काठमाडौं, २९ चैत (ओएनएस) : पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नयाँवर्षसँगै स्वदेशमा उत्पादित वस्तुहरुको मात्रै प्रयोग गर्ने प्रतिवद्धता गरेका छन् । स्वदेशी जुत्ताको मात्र प्रयोग गर्दै आएको बताउँदै भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत नयाँ वर्षसँगै स्वदेशमैं उत्पादन भएका ६ वटा वस्तु प्रयोग गर्ने प्रतिवद्धता गरेका हुन् ।

उनले लेखेका छन्, ‘मैले केही वर्षदेखि स्वदेशी जुत्ताको मात्र प्रयोग गर्दै आएकोमा आगामी २०७२ सालदेखि स्वदेशमा उत्पादित मात्र निम्न वस्तुहरुको पनि प्रयोग गर्ने प्रतिबद्धता गरेको छु ।’ उनले प्रयोग गर्ने भनेका वस्तुहरुमा साबुन, स्याम्पु, टुथपेष्ट, चिया, कपडा र खाद्य पदार्थ रहेका छन् । लुगा सम्भव भएसम्म र खाद्य पदार्थ उपलब्ध भएसम्म स्वदेशी नैं प्रयोग गर्ने बताएका छन् ।

युवा उद्यमीहरुद्धारा काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको मेड इन नेपाल प्रदर्शनीको अवलोकनपछि भट्टराईले फेसबुकमा लेखेका छन्, साबुन र स्याम्पु, टुथपेष्ट, चिया, कागज र कापी पूर्णरुपमा स्वदेशमा उत्पादित प्रयोग गर्ने र सम्भव भएसम्म लुगा र उपलब्ध भएसम्म खाद्य पदार्थ स्वदेशमा उत्पादित प्रयोग गर्छु । तपाईंले पनि सोच्ने कि ?’

नेपाली उत्पादनलाई सबैले प्रयोग गर्ने हो भने नेपालले बर्षेनी व्यहोर्नु परेको ६ सय अर्ब भन्दा बढीको व्यापार घाटालाई पनि कम गर्न सकिने पूर्वप्रधानमन्त्री भट्टराइृको तर्क छ । उनले लेखेका छन्, ‘नेपालको बर्षेनी रु ६०० अर्ब भन्दा बढीको व्यापार घाटा, ५ लाख भन्दा बढी वेरोजगार युवाहरुको विदेश पलायन आदि खतरनाक सूचकाङ्कलाई न्यूनीकरण गर्दै जान सबैले सम्भव भएसम्म स्वदेशी वस्तु र सेवाको प्रयोग गर्ने वानी बसालौं !’ Baburam in Made in Nepal


  •  
  •  
  •