जनतासँग मिल्न नसके कांग्रेस-एमालेको राजतन्त्रकै हालत : डा. भट्टराई

145
  •  
  •  
  •  

baburam_bhattaraiपरासी, ७ फागुन(ओएनएस) : एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले प्रजातन्त्र दिवसको अवसर पारेर कांग्रेस र एमालेले विगतको सम्झौता र जनमतको कदर गर्दै सहमतिबाट संविधान जारी गर्नेमा प्रतिबद्धता जाहेर गर्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।

सहमतिबाट संविधान जारी गर्नका लागि दबाब सिर्जना गर्न भन्दै पश्चिम क्षेत्र दौडाहामा निस्केका नेता भट्टराईले आज नवलपरासीको सदरमुकाम परासीमा क्रान्तिकारी पत्रकार संघ जिल्ला शाखाले गरेको पत्रकार भेटघाट कार्यक्रममा नेपाली जनतालाई शुभकामना दिदैं आज कै दिन १ सय ४ वर्षीय लामो जहाँनियाँ राणा शासनको अन्त्य भएको स्मरण गर्दै भने, ‘लोकतन्त्र स्थापना भएपनि अहिलेसम्म नेपाली जनतासँग भएका अधिकारलाई सम्झौतामा टुङ्गाउने गरेकाले त्यसलाई संस्थागत गर्न वर्तमान कांग्रेस एमालेको सरकार प्रतिबद्ध भइ बहुमतिय प्रकृयालाई स्थगित गर्दै सहमतिमा आउँछण् भन्ने विश्वास लिएको छु ।’

शान्ति प्रकृयाको आधा हिस्सा एमाओवादी र आधा हिस्सा कांग्रेस-एमाले भएकाले संविधानसभाबाट बन्ने संविधान, शान्ति प्रकृयाका हस्ताक्षरकारी शक्तिहरूको बीचको समझदारीबाट टुङाउन सत्ता पक्ष लाग्नुपर्ने बताए । अन्य दलसँग मिल्न नसकेका कुरा प्रकृयाबाट टुङग्याउन सकिने भन्दै नेता भट्टराईले शान्ति सम्झौताका हस्ताक्षरकारी शक्तिहरुलाई बहुमतको प्रकृयामा लग्न खोज्नु सम्झौता विपरित भएको बताए ।

उनले शान्ति सम्झौतालाई सहमतिबाट समाधान गर्ने उद्घोष गर्न उनले सरकारलाई आग्रह गरेका छन् । २००७ देखिका सहमति र सम्झौतालाई लत्याउँदै कांग्रेस र एमालेले नयाँ संविधानको कवच ओडेर २०४७ सालकै संविधान त्याउन खोजेको भट्टराईको आरोप थियो । फागुन १६ गतेको आन्दोलनलाई कमजोरी नठान्न आग्रह गर्दै नेता भट्टराईले जनतासँग मिलेर बस्न नसक्दा राजतन्त्रको अन्त्य भएजस्तै कांग्रेस र एमालेलाई त्यसतर्फ पनि स्मरण गर्न आग्रह गरे ।


  •  
  •  
  •