उत्पीडितको नेतृत्व एमाओवादीको पतन अनिवार्यः डा. भट्टराई

190
  •  
  •  
  •  

baburamकाठमाडौ, १२ पुस : एमाओवादी वरिष्ठ नेता तथा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले उत्पीडित समुदायको नेतृत्व गर्न नसके एमाओवादी पनि पतन हुने निश्चित भएको बताएका छन् ।

क्रान्तिकारी पत्रकार संघ काभ्रे शाखाको जिल्ला सम्मेलन शनिबार उद्घाटन गर्दै भट्टराईले एमाओवादीले उत्पीडित समुदायको समस्या सम्बोधन गर्न नसके उत्पीडित समुदायको नेतृत्व गर्न नसके त्यसको नेतृत्व गर्न अर्को शक्ति आउने बताएका छन् । उनले पछिल्लो पटक आएको शक्ति एमाओवादीले क्रान्ति र परिवर्तनको चेतना अगाडि बढाउन नसके अर्को शक्ति आउनु अनिवार्य रहेको धारणा व्यक्त गरेका छन् । उनले भने, ‘जनताको समानता, न्यायको आन्दोलनको नेतृत्व गर्न सकेनौं, वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक उत्पीडनविरुद्धको आन्दोलनको नेतृत्व गर्न सकेनौं भने हाम्रो पनि पतन अनिवार्य छ ।’

नेपालको सन्दर्भमा पहिले कांग्रेस अग्रगामी चेतना बोकेको शक्ति भएको र पछि बिस्तारै यथास्थितिवादी बन्दै गएपछि तत्कालीन माले हुँदै पछिल्लो समयमा क्रान्तिकारी र अग्रगामी शक्ति एमाओवादी भएको बताए ।

भट्टराईले माघ ८ मा संविधान निर्माणका लागि प्रमुख चार पक्षका बीचमा सहमति अनिवार्य रहेको बताए । चार शक्ति मिले भने अहिले पनि माघ ८ भित्र संविधान जारी गर्न सम्भव रहेको उनले बताए ।


  •  
  •  
  •