काठमाडौं, १८ भदौ (ओएनएस) : संविधानसभाको सवैंधानिक राजनीतिक संवाद समितिका सभापति डा बाबुराम भट्टराईले आगामी २१ गतेसम्म सार्वजनिक कार्यक्रममा नगाइदिन दलका शीर्ष नेताहरूसँग आग्रह गरेका छन् । संविधानका विवादित विषयमा सहमति कायम गर्नका लागि २ दिनको समय बाँकी रहेको अवस्थामा राजधानी नछाडन उनले आग्रह गरेका हुन् ।
संविधानका विवादित विषयमा भोली र पर्सि दिनभर छलफल गर्नुपर्ने भएकोले सार्वजानिक कार्यक्रमम नजान आग्रह गरे । संवाद समितिको बुधबारको बैठक छाडेर एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवा काठमाडौं बाहिर गएका थिए ।
भोलि बिहान ८ बजे प्रमुख तीनदल नेपाली काग्रेस, नेकपा एमाले र एमाओवादीको बैठक बस्ने कार्यक्रम छ । त्यसपछि मधेसवादी दलसँग र साँझ नेकपा –माओवादीसँग छलफलको कार्यक्रम तय गरिएको छ । संवाद समितिको बैठकपछि प्रतिक्रिया दिदै नेता भट्टराईले भोली र पर्सि दिनभर छलफल गरेर सहमतिमा पुगिने बताए ।