गोरखा–२ मा अग्रता लिने पालो बाबुरामको

240
  •  
  •  
  •  

गोरखा, २२ मंसिर (ओएनएस) :गोरखा क्षेत्र नं. २ मा नयाँ शक्ति पार्टीका उम्मेदवार डा. बाबुराम भट्टराईले अग्रता लिएका छन् । भट्टराईले ६ हजार ५ सय ३५ मत ल्याए भने माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठले ५ हजार ३ सय ९९ मत ल्याएका छन् ।

भट्टराईलाई कांग्रेस र श्रेष्ठलाई एमालेको समर्थन छ । भट्टराई र श्रेष्ठले पालैपालो अग्रता दिँदै आएका छन् ।

गोरखा क्षेत्र नं. १ मा भने माओवादी केन्द्रका हरिराज अधिकारीले कांग्रेसका चीनकाजी श्रेष्ठलाई पछाडि पारेका छन् । पछिल्लो मतपरिणाम अनुसार अधिकारीले ४ हजार ९ सय ३४ मत ल्याएका छन् भने श्रेष्ठले ४ हजार ४ सय ७२ मत ल्याएका छन् ।


  •  
  •  
  •