काठमाडौं, २४ जेठ (ओएनएस) : एकीकृत माओवादीका नेता डा. बाबुराम भट्टराईले पार्टी फुटको हल्ला चलाएर पार्टी रुपान्तरण अभियानलाई विषयान्तर गर्ने र पार्टी कब्जा गर्ने खोज्नेहरुलाई ‘छट्टु स्याल’को संज्ञा दिएका छन् ।
उनले त्यस्तो प्रवृत्तिबाट सतर्क बन्नु पर्ने उल्लेख गरे ।
सामाजिक संजाल ट्वीटरमार्फत ट्वीट गर्दै भट्टराईले यस्तो आक्रोश व्यक्त गरेका हुन् ।
भट्टराइले वैचारिक , राजनीतिक र सांगठनिक कार्यदिशाको विकास गर्नुपर्नेमा पनि जोड दिएका छन् । समयानुकुल नयाँ शक्तिको निर्माण गर्नुपर्नेमा उनको जोड छ ।