‘संवाद र सहमतिको बाटो खोजौं! नत्र भोलि धेरै ढिलो हुनसक्छ’

303
  •  
  •  
  •  

काठमाडौं २२ भदौ (ओएनएस) : एमाओवादीका नेता डा बाबुराम भट्टराईले तराई–मधेसमा थारु आन्दोलनलाई बेलैमा सम्बोधन नगरे देशकै अखण्डताका निम्ति जोखिमपूर्ण हुनसक्ने चेतावनी दिएका छन् । उनले थारूहरुका आवाज वेलैमा सुनिएन भने त्यो ठुलो विष्फोटक बारुद बन्नसक्ने बताएका छन् ।

डा. भट्टराईले फेसबुकमा आफ्नो धारणा राख्दै लेखेका छन् 

dr_baburam_bhattarai-एउटै झिल्कोले डढेलो लगाउन सक्छ ‘ भन्ने प्रसिद्ध लोकोक्ति छ! सानो वा कमजोर भनेर हेपियो भने त्यसको परिणाम भयंकर हुनसक्छ भन्ने त्यसको आशय हो!

अहिले विशेषत: तराई-मधेसमा थारु र मधेसी समुदायको आन्दोलन जुन ढंगले सल्कदै गैरहेकोछ त्यसलाई वेलैमा सम्वोधन गरिएन र यो वा उ वहानामा हेप्ने वा चेप्ने काम गरियो भने त्यो भोलि देशको अखण्डताकैनिम्ति जोखिमपूर्ण हुनसक्छ!

खाशगरी देशको सम्भवत: सबभन्दा ठूलो उत्पीडित जाति/समुदाय र मेचीदेखि महाकालीसम्म युगौंदेखि राष्ट्रियताको पहरेदार रहँदै आएका थारूहरुका आवाज वेलैमा सुनिएन भने त्यो ठुलो विष्फोटक बारुद बन्नसक्छ! परासीदेखि कैलालीसम्मको उनीहरु अनुकुलको संघीय प्रदेश निर्माण गरेर उनीहरुलाई राष्ट्रिय मूलप्रवाहमा राख्न सकिन्छ भने त्यसमा कुनै नेता विशेषको अहम् वा चुनावी स्वार्थ वाधक बन्नुहुँदैन!

सुनसरी-मोरंगका केही भाग २ नं प्रदेशमा राखेर मधेसी समुदायलाई सन्तुष्ट गर्न सकिन्छ भने त्यो देशको दीर्घकालीन हितमा हुनेछ!

अझै पनि समय वाँकी छ! वलप्रयोग हैन संवाद र सहमतिको बाटो खोजौं! नत्र भोलि धेरै ढिलो हुनसक्छ!


  •  
  •  
  •