अब हुने वार्ता निर्णायक : भट्टराई

347
  •  
  •  
  •  

काठमाडौ, ७ कात्तिक (ओएनएसि) संबैधानिक राजनीतिक संबाद तथा सहमति समितिका सभापति डा बाबुराम भटट्राईले यही ९ र १० गते संविधानका विवादित विषयहरुमा दलहरुवीच निर्णायक वार्ता हुने बताएका छन ।

 रिपोर्टर्स क्लबको देउसी भैलो कार्यक्रममा बोल्दै उनले संविधान निर्माणको महत्वपूर्ण कार्यमा सबै दल खटिरहेको र गोकर्णको आवासीय बैठकले सहजीकरण गरेको भन्दै दलहरुवीच विवादित विषयहरुमा धेरै मत–मतान्तर कम भएकोले बैठक सार्थक रहेको दाबी गरे ।

उनले फरक विचारहरुवीच सहमति कायम गर्ने विषय कठिन भएको भन्दै निर्णायक वार्ता अघि सबै विवादित विषयहरुमा सहमति जुटाउन आफूले भेटवार्तालाई तिब्रता दिएको बताए ।

भट्टराईले आज एमाले अध्यक्ष केपी ओलीसँग उनकै निवासमा दुई घण्टा भेटवार्ता गरेको र आजै साझ एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भोली विहान प्रधानमन्त्री सुशील कोइरालासँग र पर्सि प्रधानन्यायधि र पूर्व न्यायधिसहरुसँग न्यायप्रणालीको विषयमा र सोही दिन निर्वाचन प्रणालीको विषयमा निर्वाचन आयोगसँगग छलफल गर्ने तयारी गरेको जानकारी समेत दिए । उनले माघ ८ गते अग्रगामी संविधान ल्याउने प्रतिबद्धता ब्यक्त गरे ।


  •  
  •  
  •