सहमतिका लागि भट्टराई सक्रिय

175
  •  
  •  
  •  

काठमाडौं, ९ असोज (ओएनएस) संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले संविधानका विवादित विषयमा सहमति खोज्न एमाले अध्यक्ष केपी ओलीसँग आग्रह गरेका छन् । बिहीवार ओली निवास बालकोट भक्तपुर  पुगेर सभाति भट्टराईले संविधानका विवादित विषयमा सहमति खोज्न सहयोग गर्न आग्रह गरेका हुन् ।

भट्टराईले असोज १४ सम्म सहमति जुटाइसक्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै ओलीसँग सो समयभित्र सहमति जुटाउन पहल गर्न आग्रह गरेको भट्टराईको निजी सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार भेटवार्तामा भट्टराईले सबैलाई मान्य हुने गरी सहमति गरी निरन्तर रुपमा अबरुद्ध हुँदै आएको व्यवस्थापिका  संसद खुलाउन पहल गर्न आग्रह गरेका छन् । निरन्तर संसद अबरुद्ध हँदा जनताको आवाज वन्द हुने गर त्यसले नकारात्मक सन्देश जाने भन्दै भट्टराईले सबैलाई मान्य हुने गरी सहमति खोज्न आग्रह गरेका थिए ।

जवाफमा अध्यक्ष ओलीले संवाद समितिलाई संविधानसभाले दिएको समयभित्र सहमति खोज्न आफू र आफ्नो दल प्रतिबद्ध रहेको बताएका थिए । तोकिएको समयभित्र संविधान जारी गर्नुको विकल्प नहरको उल्लेख गर्दै ओलीले आफ्नो तर्फबाट सहमतिको लागि सक्दो प्रयास गर्ने बताएका थिए ।
समिति सभापति भट्टराईले आजै संविधानका विवादित विषयमा सहमति खोज्न मधेसी र साना दलसँग छुट्टाछुट्टै छलफल गरेका छन् ।


  •  
  •  
  •