भट्टराईको आत्मसमीक्षा‘०७२ मा हतारमा पार्टी घोषणा गर्नु नै गल्ती थियो’

135
  •  
  •  
  •  

काठमाडौं ।  नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आफूले २०७२ सालमा हतारमा पार्टी घोषणा गरेर गल्ती गरेको स्वीकार गरेका छन् । बुधबारदेखि बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष भट्टराईले नयाँ संविधान जारी भइसकेपछि पाँच ‘स’लाई मूल वैचारिक-राजनीतिक आधार बनाएर नयाँ शक्ति निर्माणको देशव्यापी अभियान प्रारम्भ भएको र पार्टी घोषणा भएको स्मरण गर्दै त्यसबेला हतारमा पार्टी घोषणा गर्नु गल्ती भएको स्वीकार गरेका छन् ।

बैठकमा अध्यक्ष भट्टराईले प्रस्तुत गरेको ‘अबको राष्ट्रको संकल्प : नयाँ समाजवादी विकल्प’ शीर्षकको राजनीतिक प्रस्तावमा उनले हतारमा पार्टी घोषणा गर्नु, अरूसँग तालमेल गरेर चुनावमा जानु, हतारिएर पार्टी एकता गर्नु तथा जनआन्दोलन र जनपरिचालनप्रति उदासीनता आउनुलाई कमजोरीकारुपमा स्वीकार गरेका छन् ।


  •  
  •  
  •