कार्यतालिका संशोधनको प्रस्ताव

73
  •  
  •  
  •  

काठमाडौं २० भदौ (ओएनएस) : संविधानसभा राजनीतिक संवाद समितिका सभापति डा. बावुराम भट्टराईले माघ ८ मा संविधान जारी गर्ने कार्यतालिका प्रभावित नहुनेगरी संविधान लेखन कार्यतालिकामा संशोधन गर्ने प्रस्ताव गरेका छन् ।

राज्यपुर्नसंरचना र शासकीय स्वरुप जस्ता विबादित बिषयमा सहमति जुटने संभावना रहेको तथा नेकपा–माओवादीलगायत दललाई सहमतिमा ल्याउने संभावना कायमै रहेको भन्दै भट्टराईले कार्यतालिका संशोधनको प्रस्ताव गरेका हुन् ।

शुक्रवार बसेको ३१ दलको बैठकपछि कार्यकक्षमा पत्रकार सम्मेलनको आयोजना गरी भट्टराइले सहमतिका लागि केही समय आवस्यक रहेको बताए । त्यसअघि ३१ दलको बैठकमा अधिकाशं दलले कार्यतालिका संशोधनको प्रस्ताव गरेका थिए ।

यसैबीच सहमतिको प्रयास स्वरुप प्रमुख तीन दलको बैठक शनिवार बिहान बस्ने भएको छ । तीन दलको बैठक पछि शनिवार दिउसो १ बजेका लागि राजनीतिक संवाद तथा सहमति समितिको बैठक राखिएको छ ।


  •  
  •  
  •