बाबुराम भट्टराईलाई ट्युमरको आशंका, भारत प्रस्थान

77
  •  
  •  
  •  


काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराई स्वास्थ्य उपचारका लागि भारत प्रस्थान गरेका छन् ।
नेपाल वायुसेवाको विमानबाट भारतको नयाँ दिल्ली गएका हुन् । उनको पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार हुँदै आएको थियो ।

डाक्टरले न्यूरोइन्डोक्राइनको ट्युमर भएको आशङ्का गरेकाले उपचारका लागि भट्टराई दिल्ली गएका उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिएका छन् ।
दिल्लीमा उनको उपचार ’इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा हुनेछ ।


  •  
  •  
  •