डा.भट्टराई भन्छन्, ‘सङ्घीय लोकतान्तिक गणतन्त्र नेपाल’लेख्न सरकार किन पछि हटेको’

75
  •  
  •  
  •  

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले मन्त्रिपरिषद्बाट देशको नाम ‘सङ्घीय लोकतान्तिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय गरेकोप्रति आपत्ति जनाएका छन् ।

असोज ११ गतेको मन्त्रिपरिषद् बैठकबाट ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय भएको थियो । सोही निर्णयअनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्न मातहत निकायमा परिपत्र जारी को थियो ।

शुक्रबार सामाजिक सञ्जालमा भट्टराईले लेखेका छन्,’संयुक्त राष्ट्र संघमा देश/राज्यका नाम उनीहरूको संविधान/राज्यप्रणाली अनुरूप हुने आम प्रचलन हो।सोही अनुसार नेपालको नाम “Federal Democratic Republic of Nepal” रहेकोमा ओली सरकार किन पछि हटेको हो? यो स्वीकार्य छैन! दालमा कालो छ है! सबैले प्रतिवाद गरौं! खबरदार !!’


  •  
  •  
  •