संविधानका विबादमा सहमति नजिक : भट्टराई

64
  •  
  •  
  •  

 

काठमाडौं, २० भदौ (ओएनएस) : संविधानसभा राजनीतिक संवाद समितिका सभापति डा बावुराम भट्टराईले संविधानका विबादित बिषयमा सहमति नजिक पुगिएको बताएका छन् । तोकिएको समयमै संविधान बन्नेमा आश्वस्त रहन उनले आग्रह गरे ।

राष्ट्रिय महिला आयोग, पूर्व महिला सभासद् तथा नागरिक समाजका महिला प्रतिनिधिसंगको भेटमा सभापति भट्टराईले विबादित बिषयमा सहमति नजिक पुगिएको बताएका हुन् ।

 डा. भट्टराईले राज्यका हरेक निकायमा महिलाको समानुपातिक सहभागिता, आमाको नामवाट नागरिकता तथा राष्ट्रिय महिला आयोगलाई संबैधानिक मान्यता दिने लगायत बिषय संविधानमा समेटिने उल्लेख गरे ।

महिला प्रतिनिधिहरुले नयाँ संविधानमा महिलालाई ठग्ने कोशिष भइरहेको भन्दै त्यसो गरिए सडक संघर्ष गर्ने चेतावनी दिएका थिए । नयाँ संविधानमा समानता र सामाजिक न्याय सुनिश्चित गर्न राजनीतिक संवाद समितिको ध्यानाकर्षण गराइएको अभियानकी संयोजक उषाकला राईले बताइन ।


  •  
  •  
  •