खुलामञ्चमा मजदूरलाई खान खुवाउन पुगे डा. भट्टराई (भिडियोसहित)

101
  •  
  •  
  •  

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी, नेपालका नेता  बाबुराम भट्टराई बुधबार खुलामञ्चमा खाना बाँड्न पुगेका छन् ।

कोरोना भाइरसका कारण रोजीरोटी गुमाएर खान नपाएकाहरूलाई काठमाडौंको खुलामञ्चमा केही केहि संघसंस्थाले खाना खुवाउँदै आएका छन् । यही क्रममा भट्टराई बुधबार बिहान खाना बाँड्न पुगेका हुन्। भट्टराईसँगै पत्नी हिसिला यमी पनि खुलामञ्च पुगेकी थिइन् ।

सात महिनादेखि खुलामञ्चमा भात खुवाईरहेका स्वयंसेवीलाई हौसला प्रदार्न गर्न भट्टराई बुधबार विहान सवा ९ बजे त्यहाँ पुगेका थिए।

खुलामञ्चमा केहि समयदेखि हाम्रो टिम नेपाल, मानवी क्रियटिभ एसोसियसन, गसिप क्वीन र हाम्रो सानो प्रयास संस्थाले रोजीरोटी गुमाएर खान नपाएकालाई निःशुल्क खाना खुवाउँदै आएको छ ।
डा.भट्टराईका स्वकीय सचिव रोशन पोख्रेलले सात महिनादेखि निरन्तर खाना खुवाउन स्वयंसेवकलाई हौसला प्रदान गर्न डा.भट्टराई त्यहाँ पुगेका बताए । सो क्रममा डा.भट्टराईले सत्कर्ममा लाग्ने सम्पुर्णलाई आफ्नो निरन्तर साथ सहयोग रहने बताएका थिए ।

तस्बिरःरोशन पोख्रेल

भिडियो हेर्नुहोस्

खुलामञ्चमा पुगेर खाना बाँडे बाबुराम भट्टराईले(भिडियो हेर्नुहोस्)

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी, नेपालका नेता बाबुराम भट्टराईले बुधबार खुलामञ्चमा पुगेर खाना बाँडेका छन्। काठमाडौंको खुलामञ्चमा केही समयदेखि हाम्रो टिम नेपाल, मानवी क्रियटिभ एसोसियसन, गसिप क्वीन र हाम्रो सानो प्रयास संस्थाले लकडाउन र निषेधाज्ञाका कारण रोजीरोटी गुमाएर खान नपाएकाहरूलाई खाना खुवाउँदै आएका छन्। यही क्रममा भट्टराई बुधबार बिहान खाना बाँड्न पुगेका हुन्। भट्टराईसँगै पत्नी हिसिला यमी पनि खुलामञ्च पुगेकी थिइन्।भिडियोः रोशन पोखरेल

Outline News यांनी वर पोस्ट केले बुधवार, ३० सप्टेंबर, २०२०


  •  
  •  
  •