गोरखामा हलि बने डा. बाबुराम भट्टराई(फोटो फिचर)

201
  •  
  •  
  •  

काठमाडौं । आइतबार देशभर राष्ट्रिय धान रोपाइँ दिवस मनाइएको छ ।  सरकारले देशका विभिन्न भागमा रोपाइँ दिवस मनाएकाे छ ।

कृषिप्रधान देश नेपालमा वर्षमा एक दिन हिलोमा पस्नै पर्ने मान्यता छ ।  सोही मान्यतलाई पछ्याउँदै पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष डा. बाबुराम भट्टराई गृहजिल्ला गोरखामा आयोजित रोपाइँमा सहभागी भएका छन् ।

त्यसक्रममा छत्रेटोपी र घुँडामुनिसम्मको हाफ पाइन्ट लगाएका उनी हली र बाउसे भएर रोपाइँ दिवसमा सहभागी भएका समाजवादी पार्टीका उपमहासचिव विश्वदीप पाण्डेले जानकारी दिए ।

 

तस्बिरः डा. भट्टराईको फेसबुकबाट


  •  
  •  
  •