डा.भट्टराईले भने, ‘ज्वाई प्रधानमन्त्री सतर्क रहनुस्, ससुरालीले अगुल्टो उचाले’

354
  •  
  •  
  •  

काठमाडौं । पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले  गुठी विद्येयक, मानवअधिकार आयोगको विद्येयक, प्रेस काउन्सिल र लोकसेवा आयोगको विज्ञापन संविधान र लोकतन्त्र संवत नभएको बताएका छन् ।


शुक्रबार संसदमा बोल्दै भट्टराईले राज्य केन्द्रीकरणतिर जान खोजेको र यस्ता विद्येयक उपयुक्त नभएको बताए गर्न समेत माग गरेर नयाँ ढंगले अघि बढ्न आग्रह गरे ।

यस्तै भट्टराईले काठमाडौं उपत्यकमा भएको गुठी विद्येयकको विरोध सांकेतिक ढंगले आफूहरुले बुझेको बताए ।
उनले भने, ‘म पनि काठमाडौंमै नेवार सुमदायमै विवाह गरेको मान्छे हुँ । हामीले खस आर्य समुदायले नै एउटा उखान बनाएका छौं । ज्वाई न स्वाई अगुल्टाले च्वाईँ’, अस्ति जुन हाम्रो ससुराली खलकले अगुल्टो उचाले यसबाट हाम्रा ज्वाई प्रधानमन्त्री, ज्वाई उपप्रधानमन्त्री र ज्याई मन्त्री पनि सतर्क हुनुहोला भन्ने मेरा आग्रह छ ।’


  •  
  •  
  •