हावाहुरी पीडितलाई डा. भट्टराईले गरे ५ लाख सहयोग

230
  •  
  •  
  •  

काठमाडौं, २१ चैत(ओएनएस) : नयाँ शक्ति नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले बारा र पर्सामा आएको विनाशकारी आँधीबाट प्रभावितलाई ५ लाख रुपैयाँ सहयोग गरेका छन् ।

भट्टराईले बिहीबार २ नं. प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

सो रकम मुख्यमन्त्री राहत कोषमा जम्मा हुने मन्त्रीले सोनलले बताएका छन् । आइतबार साँझ आएको हावाहुरीका कारण बारा र पर्सामा गरी २९ जनाको मृत्यु भएको छ भने ६ सय भन्दा बढी घाइते भएका छन् ।


  •  
  •  
  •