विकास र समृद्धिको नेतृत्व कमजोर देखियो : संयोजक भट्टराई

45
  •  
  •  
  •  

लमजुङ, २ फागुन(ओएनएस) : नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराईले लडाईं र क्रान्तिमा अब्बल देखिएका नेताहरु विकास र समृद्धिको नेतृत्व गर्न कमजोर देखिएको आरोप लगाएका छन् ।

पुष्पलाल लोकमार्गमा सञ्चालित एक महिने जनसंवाद यात्राअन्तर्गत बिहीबार लमजुङको सुन्दरबजार पुगेका भट्टराईले आफू पनि गर्न नसक्ने अरुलाई पनि गर्न नदिने शीर्ष नेताहरुको शैलीले देशको समृद्धिको अभियान अवरुद्ध भएको बताए ।

आउँदा केही दशकहरु असाध्यै महत्वपूर्ण हुने भन्दै राजनीतिक नेतृत्वले यसलाई ध्यान दिन नसक्दा मुलुक थप पिछडिने उनको तर्क थियो ।

हिजो कुन हैसियतमा भएका मानिस आज कुन हैसियतमा पुगे भन्ने कुरा जनताले निरन्तर खबरदारी गर्नुपर्ने उनले बताए ।

नेता भट्टराईले वर्तमान सरकारले स्थानीय तहको अधिकार अहिले खोस्ने दुस्प्रयास गरिरहेको आरोप लगाए । भ्रष्टाचार र अलोकतन्त्र क्यान्सरको संज्ञा दिँदै उनले भने, ‘अरुलाई लाग्दा राम्रो आफूलाई लाग्दा नराम्रो भन्ने सोच सबैले त्यागौं । मुलुकमा ठूला ठूला काण्डहरु घटिरहेका छन् । तर आफ्नो नेताले गरेको भन्नुभयोर तपाईंहरु चुप लाग्नुभयो भन्नुभयो यो देश बिगार्न नेताको मात्र होइन, तपाईंहरुको पनि भूमिका हुन्छ ।’


  •  
  •  
  •