डा. भट्टराईले भेटे निर्मलाका परिवारलाई

459
  •  
  •  
  •  

काठमाडौं, १० मंसिर(ओएनएस) । नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका परिवारलाई भेटेका छन् ।

सोमबार त्रिवि शिक्षण अस्पताल पुगेर डा.भट्टराईले उनीहरुलाई भेटेका हुन् । निर्मलाको बलात्कारपछि हत्या भएपछि न्याय माग्दै धर्नामा बसेका निर्मलाका बुबाको मानसिक सन्तुलन गुमेपछिलाई आइतबार साँझ त्रिवि शिक्षण अस्पतालमा ल्याइएको थियो । उनको अहिल सोही अस्पतालमा उपचार भइरहेको छ ।

भट्टराईले बिरामी यज्ञराज पन्तको स्वास्थ्य अवस्थाबारे डाक्टरहरुसँग बुझेका थिए । डा. भट्टराईले आफुहरुको सक्दो सहयोग गर्ने समेत प्रबिद्धता जनाए । सो अवसरमा निर्मलाकी आमाले छोरीको पीडाकै बीचमा श्रीमानको पनि यो हालत भएको भन्दै दुःखेसो पोखेकी थिइन् ।

भेटमा डा.भट्टराईले नयाँ शक्ति समर्थक प्रवासी नेपालीहरुले जुटाएको एक लाख रुपैयाँ समेत पीडित परिवारलाई बुझाएका छन् ।

कञ्चनपुरकी निर्मलाको साउन १० गते बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । घटना घटेको लामो समय हुँदा पनि अहिलेसम्म दोषी पक्राउ पर्न सकेका छैनन् ।


  •  
  •  
  •