‘देशलाई २० बर्ष पछाडि फर्काइयो’

366
  •  
  •  
  •  

काठमाडौं, ३१ असार (ओएनएस) । एकीकृत माओवादीका नेता डा बावुराम भट्टराईले सरकारले व्यबस्थापिका संसदमा पेश गरेको बजेटले देशलाई २० बर्ष पछाडी धकेलेको आरोप लगाएका छन् । मंगलबार व्यबस्थापिका संसदमा राजश्व र व्ययको बार्षिक अनुमान (बजेट) माथिको छलफलमा भागलिँदै उनले सरकारले ल्याएको बजेट त्रुटिपूर्ण र गलत भएको आरोप लगाए ।

‘बजेट झट्ट हेर्दा मयुरका प्वाख जस्तो छ, तर यो मयुर होइन, कागमा मयुरका प्वाख घुसाएको मात्र हो’ भट्टराइले भने । ९० को दशकमा बिश्व बैक र मुद्राकोषको उक्साहटमा देशलाइ खुल्ला अर्थतन्त्रमा लगेका अर्थमन्त्री डा महतले देशलाइ त्यतै फर्काउन खोजेको उनको आरोप थियो ।

डा भट्टराइले देशलाइ स्वाधिन राष्ट्रिय औद्योगिक पूँजीवाद स्थापना गर्ने जग हाल्नुको सट्टा ठूला र दलाल पूँजीपतीलाई पोस्ने अर्थतन्त्र स्थापना गर्ने दिशातर्फ उन्मुख रहेको आरोप लगाए । सरकरको बजेट विगतमा प्रतिशोधात्मक रहेको उनले आरोप लगाए ।


  •  
  •  
  •