अझै केही दिन अनौपचारिक छलफलमै जोड गरौं : भट्टराई

217
  •  
  •  
  •  

काठमाडौं, १० कात्तिक (ओएनएस) : संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले अझै केही दिन दलहरुबीच अनौपचारिक छलफलको आवश्यकता रहेको बताएका छन् । उनले अहिले वातावरण केही खुकुलिएको भए पनि केही गा“ठाहरु नखुलेको बताए  सोमवार सिंहदरवारमा संचारकर्मीसँग कुरा गर्दै भट्टराईले भने, ‘औपचारिक बैठकमा आफ्ना धारणा राखिए पनि पार्टीभित्र अदृष्य र नभनिएका कुराहरु पनि थुप्रै हुन्छन्, पार्टीका नेताहरुका पनि छुट्टाछुट्टै हुन सक्छन् ।’

उनले निरास भइहाल्ने अवस्था नभएको उल्लेख गर्दै विभिन्न पार्टी र विभिन्न नेताहरुका सरोकार, चाहना, इच्छा, आकांक्षालाई सम्बोधन गर्ने ढंगले नगएसम्म गा“ठो नफुक्ने बताए ‘अन्तरकुन्तर खोतल्न अझै १/ २ दिन प्रयत्न गर्नुपर्छ, उनले भने,‘ १२ गतेसम्म अनौपचारिक विषयमा बढि जोड दिएर १३ र १४ गते तीन दलको औपचारिक बैठक सहमति खोजिन्छ ।’

सोमवार डाकिएको प्रमुख तीन दलका शीर्ष नेताहरुको औपचारिक बैठक नेकपा एमालेका नेताहरुको अनुपस्थितिका कारण बस्न नसकेको उल्लेख गर्दै उनले एमाओवादी र नेपाली कांग्रेसको अनौपचारिक छलफल भएको बताए ।  सहमति निर्माण हुन अझै केही समय लाग्नेतर्फ संकेत गर्दै भट्टराईले मंगलबार बस्ने संवाद समितिको बैठकमा सहमति हुन सक्ने उल्लेख गरे ।


  •  
  •  
  •