दुई आमा र एक बाबुबाट सन्तान जन्मिने

367
  •  
  •  
  •  

_62907355_pnt_slide1_624x398_2काठमाडौं,  पुस (एजेन्सी) : बेलायतको प्रजनन सम्बन्धी नियामक संस्थाले २ महिला र १ पुरुषको समीश्रणबाट बन्ने बच्चा जन्माउन स्वीकृति दिएको छ ।

ब्रिटेनको न्युक्यासलका डाक्टरहरूले विकास गरेको उन्नत इन भीट्रो फर्टीलाइजेशन अर्थात कृत्रिम गर्भाधान प्रविधिबाट २ महिला र १ पुरुषको समीश्रणबाट बच्चा जन्माउन सकिने सुविधा दिएको बीबीसीले जनाएको छ । इच्छुक दाताहरूसँग डीम्बका लागि अपील गरिएको छ ।
ऐतिहासिक र विवादास्पद मानिएको यो निर्णय घातक आणुबंशिक रोग लाग्ने बच्चा नजन्मुन् भन्ने उद्देश्यले गरिएको हो ।
पहिलो बच्चा सन् २०१७ को अन्त्यसम्ममा जन्मन सक्ने डाक्टरहरूले बताएका छन् ।

परिवारले समस्याग्रस्त माइटोकोन्ड्रियाका कारण सञ्चो नहुने रोग लागेका थुप्रै बच्चाहरू गुमाइसकेका छन् । यस्ता रोग आमाबाट बच्चामा पुग्ने हुनाले दाताको डीम्ब, आमाको डीम्ब र बाबुको शुक्रकिट मिलाएर प्रविधि अगाडि बढाइन्छ ।

_62905219_pnt_slide2_624x398


  •  
  •  
  •