बाबुराम भट्टराई बालुवाटारमा

158
  •  
  •  
  •  

काठमाडौं २१ कात्तिक (ओएनएस) :

नयाँ शक्तिको अभ्यासमा लागेका डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका छन् । उनी बिहान ९ बजे बालुवाटार पुगेका छन् । भट्टराई नेतृत्वको टोलीले बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगि नेपालले भोगिरहेको संकट र समस्या समाधनको उपायका विषयमा ध्यान आकर्षण गराएको छ ।

भारतले गरेको अघोषित नाकाबन्दी, मधेसी मोर्चाले गरिरहेका मागका विषयमा समाधानको विकल्प पेश गर्ने भट्टराई निटक स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले समस्या समाधानमा साथ दिन आग्रह गरेका छद्धन् ।


  •  
  •  
  •