बाबा गुरमित राम रहिमलाई १० वर्षको जेल सजाय

257
  •  
  •  
  •  

ram-rahim

उत्तरप्रदेश, १२ भदौ (अाेएनएस) : बलात्कारी आरोपी डेरा सच्चा सौदा प्रमुख बाबा गुरमित रामरहिम सिंहलाईलाई उत्तर भारतको एउटा अदालतले १० वर्षको सजाय सुनाएको छ ।

आफ्ना अनुयायी दुईजना महिला बलात्कार गरेको अभियोगमा अदालतले दश वर्षको जेल सजाय सुनाएको हो। राम रहिम सिंहलाई बलात्कारको अभियोगमा गत हप्ता मात्रै दोषी ठहर गरिएको थियो ।

उनलाई त्यसरी दोषी ठहर गर्ने फैसला भए लगत्तै हरियाणा र पञ्जाव राज्यहरुमा ठूलो दंगा मच्चिएको थियो जस्मा ३८ जनाको ज्यान गको थियो ।

आज फैसला भएपछि उनी केही छिन रोएका समेत थिए । उनले हात जोडेर आफूलाई माफ गर्न अनुरोध गरेका थिए । उनको सोमबार फैसला हुँदा आश्रमस्थल आसपासमा कफ्र्यु लगाइएको छ ।

भारतीय सेनाले उक्त आश्रमको विशाल परिसरमा रहेको करिब चार हजार अनुयायीहरुलाई त्यहांबाट अन्त्यत्र जान भनेका छन् ।


  •  
  •  
  •