बाहुबलीले ३ दिनमा कमायो १ सय ५५ करोड भारतीय रूपैयाँ

269
  •  
  •  
  •  

bahubaliकाठमाडौ, असार : शुक्रबार रिलिज भएको ‘बाहुबली’ले तीन दिनमा १ सय ५५ करोड भारतीय रूपैयाँ कमाएको छ । वेबसाइट बलिउड मूभी रिभ्युजका अनुसार ‘बाहुबली’ले पहिलो विकेण्डमा १ सय ५५ करोड भारतीय रूपैयाँ कमाउँदै कयौ रेकर्ड तोडेको छ ।

‘बाहुबली’ विश्वभरका ४ हजार ५ सय स्क्रिनमा रिलिज भएको थियो । ‘बाहुबली’ पहिलो विकेण्डमा सबैभन्दा धेरै कमाई गर्ने भारतको चौथो चलचित्र हो । यसअगाडि ‘पिके’, ‘धूम-३’ र ‘ह्याप्पी न्यु ईयर’ ले पनि निकै राम्रो कमाई गरेका थिए ।
‘बाहुबली’ पहिलो तेलगु चलचित्र हो जसले आफ्नो पहिलो विकेण्डमा १ सय ५५ करोड भारतीय रूपैयाँ कमाएको थियो । ‘बाहुबली’ विश्वभरीमा कमाईमा तेलगुको तेस्रो सबैभन्दा ठूलो चलचित्र बनेको छ । जबकी चलचित्र सार्वजनिक भएको ३ दिनमात्र भएको छ ।

‘बाहुबली’ अमेरिकामा पहिलो विकेण्डमा चार मिलियन डलर कमाई गर्ने पहिलो भारतीय चलचित्र बनेको छ । ‘बाहुबली’ ले ‘पीके’ र ‘धुम-३’लाई पनि पछि पारेको छ ।

‘बाहुबली’ भारतको सबैभन्दा बढी कमाई गर्ने चलचित्र बन्ने अनुमान गरिएको छ । चलचित्रले दक्षिण भारत र विदेशका साथै उत्तर भारतमा पनि राम्रो प्रदर्शन गरेको छ ।

चलचित्रको बजेट २ सय ५० करोड भारतीय रूपैयाँ रहेको छ । यो रकममा चलचित्रको अर्को भाग पनि समावेश रहेको छ । पहिलो भागको रूपमा रिलिज भएको ‘बाहुबली’को बजेट १ सय ३० करोड भारतीय रूपैयाँ रहेको बताइएको छ । चलचित्रले बक्स अफिसका अन्य थुप्रै रेकर्ड तोड्ने अपेक्षा गरिएको छ ।


  •  
  •  
  •