आमाको पहिचानका लागि हस्ताक्षर

273
  •  
  •  
  •  

Mahittariमहोत्तरी , मंसिर ५ (ओएनएस):  नागरिक समाजका युवा अधिकारकर्मीहरुको सञ्जालले शुक्रबार महोत्तरीमा आमा अथवा बुबाको मध्ये एकको नामबाट नागरिकता प्राप्तीको अधिकारका लागि हस्ताक्षर संकलन गरेको छ ।
नागरिकताको अधिकारमा आमाको पहिचानलाई कायम गर्न दबावका लागि दुई हजार हस्ताक्षर हस्ताक्षर संकलन गरिने सञ्जालका सदस्य तथा राज्य बिहिन मधेशी युवा संघर्ष समितिका केन्द्रिय संयोजक अर्जुन साहले बताए । हस्ताक्षर संकलन कार्यक्रममा उपस्थित भई नेपाली काँग्रेसका सभासद संगिता मण्डलले समेत ऐक्यबद्धता जनाएका छन् ।


  •  
  •  
  •