बा

399
  •  
  •  
  •  

मजबुद हाडखोरले बनेका
एक फुर्तिलो घोडा झैँ
जीन्दगीको रापिलो घाममा
बेलगाम दौडिरहेका घोडाका टापका
बलिया अस्थिपञ्जरहरु
जबसम्म मक्किदैनन्
तबसम्म मात्र बा
बा जस्ता रहन्छन् ।

बालाई थाहा छ
हाडखोरहरु मक्किएका दिन
बा जस्तै बाका शक्तिले बनाएका
ति घारपनि मक्किन्छन् भनेर।

त्यसैले हरेक साँझ ढल्ने सूर्यास्तसँगै
बा पनि विस्तारै विस्तारै
त्यहि पहाडको टुप्पोमा अस्ताउँदै गर्दा
कहि कतै छुटे झैलाग्छ
जीन्दगीका खालहरु र
हराउँछन् बाका निन्द्रा पनि
जसरी छुट्दैछन् बाका हातबाट
एकनासले समातिरहेका समयका डोरी ।

जब एक दिन
सन्तानहरु निस्कन्छन्
बा का परिश्रमले बनाएका घारबाट
रानी मौरीलाई साथैमा लिएर
सारा महलाई रित्याएर
तोरी बारीका फुलहरुमा
फेरि अर्को सुन्दर बस्तीको खोजीमा
रित्तो घारमा बालाई एक्लै छाडेर ।

लाग्छ बा त्यहि बुढो कर्मी मौरी हुन्
जो यतिखेर सकि नसकि
घारलाई जोगाउन अरिङ्गालसँग लड्दैछन्
तर यति खेर बा
न त नयाँ घारनै बनाउन सक्छन्
न त जीर्ण घारमा
महनै भर्न सक्छन्।


  •  
  •  
  •