बीपी बिचार यात्रा आज सामापन गरिँदै

168
  •  
  •  
  •  

काठमाडौं, २४ भदौ (ओएनएस) : नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको जन्मशताब्दीको अवसर पारेर विराटानगरबाट सुरु गरिएको बीपी बिचार यात्र मंगलवार सपमापन हुँदैछ । बीपीले लामो समयसम्म जेल जीवन बिताएको बीपी संग्राहलय सुन्दरीजलमा विशेष कार्यक्रम गरी बिचार यात्रा समापन गर्ने तयारी भइरहेको कांग्रेस उपसभापति रामचन्द्र पाौडेलले जानकारी दिए ।

कार्यक्रममा पार्टी सभापति समेत रहेका प्रधानमन्त्री सुशील कोइराला लगायत शीर्ष नेताहरु सहभागी हुने कार्यक्रम छ । बीपीको गृहनगर विराटनगरबाट गत साउन ६ गते सुरु भएको बिचार यात्रा बर्षाका कारण केही समय स्थगित भएर यही भदौ १ गतेबाट फेरि सुरु गरिएको थियो । धरान, भेडेटार, धनकुटा, रामेछाप, धुलिखेल, बनेपा लगायतका बिभिन्न जिल्लाहरुमा बीपी बिचार यात्रा सम्पन्न भइसकेको र आजको समापन कार्याक्रमलाई भब्य बनाउने तयारी भइरहेको बीपी संग्राहलयका संस्थापक अध्यक्ष परशुराम पोखरेलले जानकारी दिए । यात्रा समापनको अवसरमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान पु¥याएाकोभन्दै कांग्रेस नेता रामहरि जोशीलाई एक लाख रुपैँया राशीको बीपी कोइराला प्रजातान्त्रिक पुरस्कार प्रदान गरिने भएको छ ।


  •  
  •  
  •