‘आयुर्वेद बटी’ को नाम सच्याउन आयुर्वेद चिकित्सक संघको आग्रह

62
  •  
  •  
  •  

काठमाडौं । नेपाल आयुर्वेद चिकित्सक संघले आयुर्वेद औषधि ‘आयुर्वेद बटी’ को नाम सच्याउन औषधि व्यवस्था विभागलाई आग्रह गरेको छ ।


संघका अध्यक्ष डा. प्रकाश ज्ञवालीले बुधबार एक पत्र लेख्दै औषधिको नाम परिवर्तनको आग्रह गरेका हुन् ।
पत्रमा भनिएको छ, ‘हाल बजारमा देखा परेको गोरखा आयुर्वेद कम्पनी प्रालिद्वारा उत्पादित आयुर्वेद औषधि आयुर्वेद बटी(DDA Regd.No: २८७) औषधिको नाम समग्र चिकित्सा प्रणालीको नामबाट राखिएकोले यसबाट समग्र आयुर्वेद चिकित्सा प्रणालीलाई नै असहज भएकाले उक्त नाम सञ्चाई अन्य नाम राख्ने व्यवस्था गर्न अनुरोध छ ।’

 


  •  
  •  
  •